काठमाडौँ । नेपाली कांग्रेसले असार ४ गते (बुधबार) पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजेका लागि तय गरिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई बैठकमा सहभागी हुन अनुरोध गरिएको छ।
गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलित भइरहेका बेला कांग्रेसले बैठक आह्वान गरेको हो। बैठकमा भिसा प्रकरणलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।
प्रतिक्रिया