काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृहमन्त्रीको नियतमाथि शंका भएको बताएका छन् ।
शुक्रबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियतमा शंका रहेको जनाउँदै आन्दोलन जारी छ भन्दै नारावाजी गरेका हुन् ।
उनले भने, ‘आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने उ के को मन्त्री ? मानव तस्करीको बारेमा हामीले बोल्नै नपाउने हो । नियतमा शंका छ, हाम्रो आन्दोलन जारी छ ,गृहमन्त्रीले राजीनामा दिनैपर्छ ।’
अहिले संसदमा रास्वपाले नाराबाजी गरिरहेको छ ।
प्रतिक्रिया