काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।
यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।
उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन । यसैबीच शुक्रबार अपरान्ह सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ । अवरोधकैबीच माओवादीका सांसद हितराज पाण्डेलाई बोल्नको लागि समय दिइएको छ ।
प्रतिक्रिया