काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रसायनिक मलको सहज व्यवस्थापन हुनसक्ने अवस्था अहिलेको समयमा नरहेको बताएका छन् ।
आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले १३ लाख टन रसायनिक मल बजारमा आवश्यक रहेकाले अहिले साँढे चार लाख टन मात्रै रसायनिक मल उपलब्ध रहेको बताएका हुन् ।
उनले भने, ‘रसायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था अहिलेको समयमा छैन । १३ लाख टन रसायनिक मल बजारमा आवश्यक छ । हामीसँग साँढे ४ लाख टन मात्रै रसायनिक मल छ । हामीले रसायनिक मलको व्यवस्थापन गर्न सकेका छैनौं । कारण के हुनसक्छ भन्दा आर्थिक रुपले नै हामी त्यो व्यवस्थापन गर्न सकिरहेका छैनौं ।’
साथै उनले रसायनिक मलका लागि बजारमा जुन ढंगको आलोचना भइरहेको छ त्यसलाई स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि प्रदेशलाई जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा प्रत्येक स्थानिय तहमा पुर्याइने बताए ।
उनले भने, ‘आर्थिक रुपमा हामी चाँही रसायनिक मलका लागि जति व्यवस्थापन गर्न सक्नुपथ्र्यो त्यो सकेका छैनौं । सहज व्यवस्थापन हुन सकेको छैन र बजारमा जुन ढंगको आलोचना भएको छ त्यसलाई हामीले स्वभाविक रुपमा स्वृकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि हामीले प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौं । प्रदेशमार्फत प्रत्येक स्थानिय तहमा आवश्यकताका आधारमा व्यवस्थापन गर्ने काम गरेको छौं मन्त्रालयको तर्फबाट ।’
प्रतिक्रिया