मधेस । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आर्थिक वर्ष ०८२।८३को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
शुक्रबार प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेश सभाको बैठकमा २६ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, रोजगार, स्वास्थ्य, उद्योग, खेलकुद, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको देखिएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा चुरे वन जंगल संरक्षणदेखि डिजिटल प्रणालीको प्रयोगहरुबारे विशेष योजनाहरु समावेश गरिएको छ ।
प्रतिक्रिया