Logo

कर्णाली प्रदेश

एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत



सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा गत जेठ १ गते सुख्खा पहिरो गएपछि १८ परिवार त्रिपालमुनी बसिरहेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलको पहलमा विहीबार हुम्लामा राहत सामाग्री पठाइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरे बमोजिम सामाग्री पठाइएको गौतमले बताए ।

पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए । पहिरोबाट बिस्थापितलाई पहिलो पटक बुधबार राहत सामग्री पु¥याइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न संघ संस्थासमेतको सहयोगमा चामललगायतका राहत सामग्रीहरू बुधबार हुम्ला पु¥याइएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ६ : ३६ बजे