काठमाडौं । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी काजी कुमार आचार्यले कीर्ते गरी नक्कली कागजात बनाउने प्रतिवादी पक्राउ गरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ् स्थितमा विभिन्नं सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको आरोपमा तीन जना प्रतिवादी पक्राउ गरेको बताएका हुन् ।
पक्राउ पर्ने मध्ये गोरखा भिमसेनथापा गाउँपालिका वडा नं. १ मसेल घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. २ देवीचोक बस्ने बर्ष ४६ को अन्जनी बयलकोटीसहित तीन जनालाई जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ्बाट पक्राउ गरिएको हो ।
अधिकारी आचार्यले विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्यसंग सम्बन्धित सामाग्रीसहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए ।
प्रतिक्रिया