काठमाडौं । पूर्वमन्त्री शक्क्ति बहादुर बस्नेतले अहिलेको राजनीतिक व्यवस्था समस्या होइन तर हाम्रो आर्थिक र सामाजिक व्यवस्था बलियो नहुनु समस्या रहेको बताएका छन् ।
बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको व्यवस्था समस्याको कारण नभएको भन्दै यस्तो धारणा राखेका हुन् ।
‘यो राजनीतिक व्यवस्थामा समस्या होइन् । राजनीतिक व्यवस्थाले खोजेको आर्थिक र सामाजिक व्यवस्था हुन नसक्नु समस्याको प्रमुख कारण हो । हामीले यसको समस्याको हल खोज्नुपर्नेछ । नारा त धेरै छन् । नाराले मात्र कहा काम गर्दैन् । समृद्धि नेपाल सुखी नेपाली भन्दिएर मात्र कहाँ हुन्छ ? सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा गरेर मात्र हुदैन,’ उनले भने ।
उनले अहिलेको समस्या व्यवस्था नै भएको भन्दै यसलाई उल्टाउनु पर्छ भनेर घोषित रुपमा लागेका केही व्यक्तिहरु लागेको बताए ।
प्रतिक्रिया