Logo

मनोरञ्जन

गायिका एलिना चौहान पोखरामा,कोटिहोममा प्रस्तुती दिने



पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विहीबार गायिका एलिना चौहानको विशेष प्रस्तुती दिने भएकी छिन् ।

कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुती दिन लागेकी हुन् ।

जसका लागि गायिका चौहान पोखरा पुगिसकेकी छिन् । गायिका  चौहानले पोखरा विमानस्थलमा ल्याण्ड गरेलगत्तै पोखरा पुगेको जानकारी दिँदै उनले सबै भक्तजनहरुलाई उपस्थितिका लागि आव्हान गरेकी छिन् । गायिका एलिना आमासहित पोखरा पुगेकी हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  २ : ३२ बजे