Logo

कर्पोरेट

सानिमा रिलायन्सद्वारा बाजुरामा १४७ विद्यार्थीलाई झोला वितरण



बाजुरा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बाजुरा जिल्लाको बजेडी आधारभूत विद्यालयमा अध्ययनरत १४७ विद्यार्थीलाई शैक्षिक सामग्री राख्ने झोला वितरण गरेको छ।

सो कार्यक्रम कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको हो। वितरण कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थिति रहेको थियो। विद्यालयमा इ. सि. डी. देखि कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई झोला प्रदान गरिएको कम्पनीले जनाएको छ।

सानिमा रिलायन्सले अति पिछडिएको क्षेत्रका न्यून आय भएका विद्यार्थीहरूलाई सहयोग पु¥याउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको बताएको छ। साथै, कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनका क्षेत्रमा भविष्यमा पनि यस्ता गतिविधि सञ्चालन गर्ने जनाएको छ।

हाल सानिमा रिलायन्सको देशभर १६९ शाखा सञ्जाल, ५ अर्बभन्दा बढी पूँजी, २० अर्बभन्दा बढीको लगानी र २०,००० भन्दा बढी अभिकर्ता रहेको जानकारी कम्पनीले दिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ३० बजे