जनकपुर । भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रर्दशन गरिएको छ ।
नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ ।
केही दिन अघि पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । त्यस्को केहि दिन पछि कश्मिर घटना भएको थियो ।
पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको सो अभिव्यक्तिविरुद्व आज जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।
प्रदर्शनका अगुवा संवाद समुहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दुहरुलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुख विरुद्व पनि प्रदर्शन गरेको जानकारी दिए ।
उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवाद विरुद्व सबै एक हुनपर्नेमा जोड दिए ।
विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रसय दिनेको विरोधमा उत्रन आवश्यक रहेको बताउदै आक्रोस व्यक्त गरका थिए ।
प्रतिक्रिया