Logo

अर्थ

दुई दिनमा १ हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। गत बिहीबारयता लगातार बढिरहेको सुनको मूल्य आइतबार १ हजार रुपैयाँले बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ७ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य थियो। तर मंगलबार सुनको मूल्य घटेर प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै दुई दिनको अन्तरालमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य घटेसँगै बजारमा खरिदकर्ताको चासो बढ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : २७ बजे