Logo

ग्यालेरी

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार(फोटोहरु)


१५ चैत्र २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ ।

राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केहीबेर तनाव भएको छ ।

चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ०९ बजे