काठमाडौं । भोलि (चैत १५ गते) हुने राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर २५०० भन्दा बढी प्रहरी तैनाथ गरिने तयारी गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिँदै भने, “भृकुटीमण्डप र तीनकुनेमा हुने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाइने छ। ट्राफिक प्रहरीबाहेक २५०० प्रहरी खटाइनेछन्, र प्रदर्शनकारीको संख्या र गतिविधि अनुसार आवश्यकतानुसार थप सुरक्षा पनि तैनाथ गरिनेछ।”
गणतन्त्रवादी समूहले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन्, जबकि राजावादीहरूले तीनकुने क्षेत्रमा कार्यक्रम गर्नेछन्।
यस प्रदर्शनको कारण उपत्यकामा यातायात प्रभावित हुने अनुमान गरिएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, बिहानैदेखि सवारी आवागमनमा अस्तव्यस्तता हुने सम्भावना रहेको छ।
प्रदर्शनकारीहरूको गतिविधि र संख्या हेरेर प्रहरीले सुरक्षाको स्तर थप गर्न सक्नेछ, र यसका लागि प्रहरी संयन्त्र स्ट्यान्डबाई अवस्थामा रहने जनाएको छ।
प्रतिक्रिया