जनकपुर । जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार (आज) विहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।
प्रतिक्रिया