रामेछाप । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछाप जिल्लाबाट २ हजार ७ सय १ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
एसइई परीक्षा आगामी चैत ७ गतेबाट देशै भरि एकैसाथ सुरु हुँदै छ ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार यस वर्ष जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि जिल्लाका २ वटा नगरपालिका र ६ वटा गाउँपालिका १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाबाट २ हजार ४ सय ११ जना नियमित र २ सय ९० जना ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुँदै छन् ।
जिल्लाको उमाकुण्ड गाउँपालिमा रहेको सिद्धेश्वर बहुमुखी क्याम्पस बाम्ती परीक्षा केन्द्रबाट १ सय ३३ जना र चण्डेश्वरी मावि प्रीति परीक्षा केन्द्रबाट ७३ जनाले परीक्षा दिँदै छन् ।
त्यस्तै गोकुलगंगा गाउँपालिकाको शारदा मावि ठोसे केन्द्रबाट ८० जनाले र जनजागृति मावि बेताली केन्द्रबाट १ सय ४४ जनाले परीक्षा दिँदै छन् ।
लिखु तामाकोसी गाउँपालिकाको तामाकोसी जनजागृति मावि खिम्ती परीक्षा केन्द्रबाट १ सय २२ जना परीक्षामा सहभागी हुने छन् । सो गाउँपालिकाको झट्टेश्वर मावि धोबी केन्द्रबाट १ सय ४६ जना र त्रिपुरेश्वर मावि दुरागाउँ केन्द्रबाट १ सय ११ जनाले परीक्षा दिँदै छन् ।
मन्थली नगरपालिकाको कालीदेवी मावि फुलासी परीक्षा केन्द्रबाट ९० जना, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस केन्द्रबाट १ सय ७४ जना, नागकन्या मावि गडवारी मन्थली परीक्षा केन्द्रबाट १ सय ८६ जना एसइईमा सहभागी हुँदै छन् ।
मन्थली माविको (क) परीक्षा केन्द्रबाट प्राविधिक धारका १ सय १२ जना विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख गजुरेलले जानकारी दिए । यस्तै मन्थली मावि (ख) परीक्षा केन्द्रबाट २ सय ४४ जना र मन्थली मावि (ग) परीक्षा केन्द्रबाट २८ जनाले परीक्षा दिने भएका छन् ।
रामेछाप नगरपालिकाको गौरीशङ्कर बहुमुखी क्याम्पस रामेछाप परीक्षा केन्द्रबाट २ सय १० जना र हिमगंगा बहुमुखी क्याम्पस र साँघुटार परीक्षा केन्द्रबाट २ सय १० जनाले परीक्षा दिँदै छन् ।
खाँडादेवी गाउँपालिकाको प्रयागेश्वर क्याम्पस पकरबास परीक्षा केन्द्रबाट २ सय २६ जना विद्यार्थीले एसइई दिँदै छन् ।
दोरम्बा शैलुङ गाउँपालिकाको कण्ठेश्वर मावि टोकरपुर केन्द्रबाट १ सय ७ जना र कालिका मावि लखनपुर केन्द्रबाट १ सय ५ जनाले परीक्षा दिँदै छन् ।
सुनापति गाउँपालिकाको डहु मावि परीक्षा केन्द्रबाट १ सय १ जना विद्यार्थीले यो वर्षको एसइई परीक्षा दिने गजुरेलले जानकारी दिए ।
प्रतिक्रिया