काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको छ, जबकि सोमबार तोलामा १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । अहिले चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ, जुन सोमबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालको सुनचाँदी बजारमा मूल्य घट्ने क्रमले उपभोक्ताहरूसम्म सीधा असर पुर्याएको छ भने व्यवसायीहरूसँग पनि चिन्ता बढेको देखिन्छ।
प्रतिक्रिया