Logo

मुख्य समाचार

केबलकार निर्माणमा अवरोधले लगानीकर्ताको मनोबल घटाउँछ: ढकाल


२२ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउनु लगानीकर्ताको मनोबल घटाउने चेतावनी दिएका छन्। उनले भने, “विकास निर्माणका काममा अवरोध पुर्‍याउनु भनेको लगानीकर्ताको मनोबल घटाउनु हो।”

ढकालका अनुसार, केबलकार निर्माणमा उत्पन्न अवरोधले स्वदेशी रोजगारी सिर्जना गर्ने अवसरलाई पनि प्रभावित बनाएको छ। उनले केबलकारका विरोधकर्तालाई चेतावनी दिँदै भने, “यो विरोध पछि गएर पछुतो हुन सक्छ।”

केबलकारको निर्माणले पाथीभरा क्षेत्रका स्थानीयलाई घरमै बसेर रोजगारीको अवसर दिनुका साथै, पर्यटनको प्रवद्र्धन गर्न मद्दत गर्ने ढकालको भनाइ थियो। उनले केबलकार निर्माणमा केही राजनीतिक दल र व्यक्तिहरूको विरोधलाई गलत ठान्दै यस्तो गतिविधि विदेशी र स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्न उत्प्रेरित हुने बताए।

“जहाँ रोजगारी सिर्जना हुँदैछ र पूर्वाधार विकास भइरहेको छ, त्यहाँ विरोध गर्नु दुःखद कुरा हो। यसले आमसर्वसाधारणको फाइदामा पनि असर पुर्याउँछ,” उनले भने।

यसरी पाथीभरा केबलकार परियोजनामा गरिएको विरोधले केबलकार निर्माणका लागि आवश्यक वातावरण निर्माणमा चुनौती पुर्‍याइरहेको ढकालले औंल्याए।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १२ : २१ बजे