Logo

मुख्य समाचार

ग्यास उद्योगीहरूको आन्दोलन पाँच बुँदे सहमति पछि स्थगित


२० फाल्गुन २०८१, मंगलबार  

115
Shares

काठमाडौँ । पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन्। मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी र नेपाल एल.पी. ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सहमति अनुसार, ग्यासको मूल्यमा प्रतिसिलिण्डर १२.७५ रुपैयाँको वृद्धि हुनेछ, तर नेपाल आयल निगमले उपभोक्तालाई मूल्य वृद्धि नगर्ने जानकारी दिएको छ।

ग्यास उद्योगीलाई दिइने मुनाफा प्रतिसिलिण्डर रकममा र निश्चित प्रतिशतमा दिने विषयमा निगमले उपसमिति गठन गरी अध्ययन प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ। यसका अतिरिक्त, ग्यास आपूर्ति र अन्य समन्वयका लागि निगम र संघ दुवैको सहकार्यमा मागहरूको सम्बोधन गर्न निगम व्यवस्थापनले पहल गर्ने बताइएको छ।

निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू भने सञ्चालक समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिने निर्णय भएको छ। यसका साथै, नेपाल एल.पी. ग्यास उद्योग संघले आजदेखि एल.पी. ग्यासको आपूर्ति सहज बनाउने सहमति दिएको छ।

ग्यास उद्योगीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका थिए, जसको परिणाम स्वरूप यो सहमति प्राप्त भएको हो।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : ४५ बजे