काठमाडौं। पूर्वयुवराज पारस शाहलाई हृदयघातको कारण थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। आइतबार बेलुका उनलाई अस्पतालमा ल्याइयो।
अस्पताल स्रोतका अनुसार, पारस शाहको एनजीओप्लास्ट गरिसकिएको छ र उनको अवस्था अहिले सामान्य छ। उपचारमा संलग्न चिकित्सकका अनुसार, पारस शाहको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ।
प्रतिक्रिया