काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ गर्ने भएको छ ।
सोमवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यही फाल्गुन १६ र १७ गते आयोजना गर्ने भनिए पनि विशेष कारणवश उक्त मितिमा हुन नसकेको भन्दै अर्काे मिति तोकिएको हो ।
उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनितिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने एवं श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह÷अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने प्रमुख उद्देश्य सहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ आयोजना गर्न लागेको हो । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन– २०८१ आयोजना मूल समितिले यही फाल्गुन १८ गतेको बैठकबाट २०८१ फाल्गुन २६ र २७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया