Logo

मुख्य समाचार

विज्ञानमा आधारित रहेर वन व्यवस्थापन हुन आवश्यक छ : राकेश कर्ण


१९ फाल्गुन २०८१, सोमबार  

92
Shares

काठमाडौं ।  नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपालका वनजंगलहरु स्रोतले अगाडि भएपनि काठ आयात विदेशबाट हुने बताएका छन् ।

मानव वन्यजन्तु द्धन्द्ध र वन डढेलो व्यवस्थापन विषयक नीति संवाद कार्यक्रममा बोल्दै उनले विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘मुख्यगरी वन व्यवस्थापन गर्न प्राधिकरण आजको आवश्यक्त हो । नेपालमा ४६ प्रतिशत वन क्षेत्र भएर पनि विदेशबाट काठ आयात हुने अवस्था छ । हाम्रो श्रम शक्तिहरु बाहिर रोजगारीमा गइरहेका छन् । त्यसैले पनि विज्ञानमा आधारित वन व्यवस्थापन हुन आवश्यक छ ।’

साथै उनले वनका कामहरु गर्नको लागि प्राविधिकहरुको  कमी रहेको बताए । उनले वन व्यवस्थापनका लागि थुप्रै किसिमका प्राविधिकहरु आवश्यक हुने बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : ३१ बजे