काठमाडौं । यङ्ग इकोनोमिस्ट सोसाइटि नेपालको नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौं संस्करणको पुरस्कार वितरण र समापन भएको छ ।
आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमकोबीच नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौं संस्करणको पुरस्कार वितरण र समापन गरिएको हो ।
कार्यक्रममा नेपाल इकोनोमिक्स ओलम्पियाडको पार्टनरसिप निर्देशक दिपक भण्डारीले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई प्रतिनिधित्व गर्ने पाँच जना विद्यार्थीलाई छनोट गरेको जानकारी दिए ।
उनले भने,‘हामीले काठमाडौंमा सातै प्रदेशबाट छनोट भएको १०० जना विद्यार्थीलाई राखेर तीन दिनको कार्यक्रम गर्यौं त्यो कार्यक्रमबाट अब चाँही हामीले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाललाई प्रतिनिधित्व गर्ने पाँच जना विद्यार्थीलाई छनोट गरेको छौं । सेन्ट जेभियर कलेजका रघुविर श्रेष्ठ,हेटौंटा स्कुल अफ म्यानेजमेन्टका शिवम् मिश्र,सुदुरपश्चीमाञ्चल एकेडेमीबाट नीतिका अवस्थी, जेभियर इन्टरनेशनल कलेजका अक्षत कार्ला,प्रिमियर इन्टरनेशनका लसुवम् बजगाई रहेका छन् ।’
प्रतिक्रिया