काठमाडौं । आइतबार(आज) प्रधान सेनापति महारथी अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत, भुटान र माल्दिभ्सका National Cadet Corps (NCC) का प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेका छन् ।
महाशिवरात्री एवं नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन उक्त टोली नेपाल भ्रमणमा आएको हो ।
भ्रमणको दौरान सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
उक्त टोलीले यही फाल्गुण १४ गते सैनिक मञ्ज, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रम तथा फाल्गुण १८ गते राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको अवलोकन गर्नेछ ।
त्यसैगरी, भ्रमण टोलीले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया