Logo

समाचार

दुर्लभ भाषा संरक्षणमा ध्यान दिनुपर्छ : मन्त्री पाण्डे


९ फाल्गुन २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले दुर्लभ भाषाको संरक्षण र विकासका लागि ध्यान दिनु पर्नेमा जोड दिएका छन् ।

अन्तराष्ट्र्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दैै मन्त्री पाण्डेले लोपउन्मुख र दुर्लभ भाषा लोप हुन लागेको प्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘लोपउन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै रहेछन । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ ।’

उनले भाषा नभए मानिसको जिन्दगी निरस हुने बताए । उनले प्रत्येक भाषाले छुट्टा छ्ट्टै सन्देश दिने, अर्थ राख्ने, संवेदनशिलता, दर्शन, इतिहास सभ्यता बोक्ने पनि बताए । 

मन्त्री पाण्डेले ज्ञानको बहुआयामिक जोगाउनका लागि पनि भाषाको महत्व बढ्दै गएको बताए । उनले मुलुकमा हाल १३१ वटा भाषा बोलिने गरेको उल्लेख गर्दै अन्वेषण हुँदै जाँदा भाषा बढ्दै जाने समेत बताए । मन्त्री पाण्डेले भाषा अभौतिक सम्पदा जस्तै भए पनि यसले भौतिक कुराको पनि सेतुको काम गरिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : २६ बजे