Logo

समाचार

प्रजातन्त्र दिवसको अवसरमा गौरमा विभिन्न कार्यक्रम



रौतहत । गौर नगरपालिकामा ७५ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको अध्यक्षतामा प्रभातफेरी, शहिद प्रति माल्यापण र झण्डा तोलन लगायतका विभिन्न कार्यक्रम गरिएको हो ।

सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको उपस्थितिमा प्रभातफेरी गरिएको गौर नगरपालिकाले जनाएको छ । गौर नगर प्रमुख साहले प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको बताए ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहिरहने उनको भनाइ छ ।

गौर सहित जिल्लाका अन्य पालिका तथा विभिन्न संघ संस्थाहरुले पनि विविध कार्यक्रम गरि मनाइरहेका छन । राणा शासनको अन्त्यका लागि २००७ सालको क्रान्ति सफल भई १०४ वर्ष लामो निरंकुश जहानिया शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ  ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : २६ बजे