काठमाडौं – नेपाल निजामती कर्मचारी संगठनका प्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेका छन्। संगठनको माघ ३० देखि फागुन १ गतेसम्म सम्पन्न १२औं महाधिवेशनले निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरु मंगलबार मन्त्रालयमा पुगेका थिए।
भेटको दौरान, मन्त्री गुप्ताले नेपाल निजामती कर्मचारी संगठनको महिला नेतृत्व चयनमा खुशी व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहितको कार्यसमितिलाई बधाई दिएका थिए। उनले नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्नका लागि प्रतिवद्धता व्यक्त गरे।
संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालले उच्च अदालत पाटनको फैसलाअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह र राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत पदको संख्या ४२६ कायम गरी पुनः विज्ञापनको पहल गर्न मन्त्री गुप्तासँग आग्रह गरिन्।
नेपाल निजामती कर्मचारी संगठन नेकपा एमालेसम्बद्ध कर्मचारी संगठन हो। हालै सम्पन्न १२औं महाधिवेशनले दाहालको नेतृत्वमा ऐतिहासिक कार्यसमिति निर्वाचित गरेको छ।
प्रतिक्रिया