Logo

अर्थ

सुनको मूल्य बढ्दा चाँदी स्थिर


६ फाल्गुन २०८१, मंगलबार  

0
Shares

काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको थियो भने आज सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : ४९ बजे