Logo

समाचार

भ्रष्टाचार निवारण विधेयकको छलफल स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल हुने र पारित गरिने सम्भावना थियो, तर यो विधेयक कार्यसूचीबाट हटाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ को राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित छलफलका लागि प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए।

यस विधेयकलाई ०८१ पुस १८ गते राज्यव्यवस्था समितिले पारित गरेको थियो, तर अब यसमा कुनै छलफल नगर्ने निर्णय लिइएको छ।

मंगलबारको बैठकमा मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट आएको सन्देश मात्र टेबल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ४३ बजे