Logo

Breaking News 1

कामपामा सबैभन्दा बढी विपत्तिका कारण रूख कटान



काठमाडौं । काठमाडौं महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् ।

यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् ।

त्यसैगरी विद्युत्बाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए ।

सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो ।

गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ११ : ४९ बजे