Logo

मुख्य समाचार

सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या : महान्यायाधिवक्ता वडाल



काठमाडौं । सरकारका महान्यायाधिवक्ता रमेश वडालले सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण भएको बताएका छन्  ।

सम्पत्ति शुद्धीकरण निवारण ःकानूनी प्रावधान र जिम्मेवारी सम्बन्धी  संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुनु आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको लागि महत्वपूर्ण चिज भनेको प्रत्येक व्यक्तिको एकीकृत सम्पत्तिको विवरण त्यो  महत्वपूर्ण  कुरा हो । प्रत्येक व्यक्तिको  एकीकृत सम्पत्तिको विवरणको जानकारी राज्यसँग हुन आवश्यक छ । यसको  देशभरी जग्गा कति ठाउँमा छ ?  कुनकुन कम्पनि कहाँ –कहाँ दर्ता गरेको छ ? कुन कुन संस्था दर्ता गर्यो ? त्यो  संस्थामा उसले कति–कति कर तिर्यो र त्यो  कर कानून सम्मत छ की छैन भन्ने कुराको एकीकृत डाटा प्रणालिमा पुर्याउनुपर्ने छ ।’

यसैगरी उनले धेरैजसो सरकार अस्थिर हुँदा सम्पत्ति शुद्धीकरण निवारण पोलिसिमा समस्या आएको बताए । उनले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कतिपय कामहरु समयमा हुन नसकेको बताए ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारणको सन्र्दभमा हामीहरुले केही सुधारात्मक कार्यक्रमहरु गर्दै आइरहेका छौँ । तर कहिँलेकाहीँ सरकार अस्थिर हुँदा पोलिसिमा समस्या हुने नै भयो । यसरी सरकार अस्थिर हुँदा कतिपय कामहरु समयमा हुन सकेनन् । समयमा कामहरु नहुँदाखेरी कतिपयलाई यसमा समस्या उत्पन्न भैइरहेको  थियो । गएको  वर्ष  हामीले ऐन जारी गर्यौ चैतमा । चैतमा ऐन जारी भैइसके पछाडि जुन रफ्तारमा नियमावली बनाउनुपथ्र्यों त्यो बन्न सकेन ।’

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ०४ बजे