Logo

समाचार

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

जसअनुसार, आज सानो गोलभँ]डा लोकल १५, रातो आलु ४०, सुकेको प्याज ६५, गाजर ५०, बन्दा लोकल १५, बन्दा तराई १५, बन्दा नरिवल १०, स्थानीय काउली १०, स्थानीय काउली ज्यापु २०, तराई काउली १०, सेतो मुला २०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, मटरकोशा ५०, घिउसिमी ६०, टाटे सिमी ४०, तिते करेला ९०, लौका ५० र परवर ९० रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।

यस्तै, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ८०, स्कुस ५०, रायो साग १०, पालुङ्गो साग ३०, चमसुरको साग ३०, तोरीको साग २०, मेथीको साग ३०, हरियो प्याज ३०, बकुला ५०, तरुल ७०, कन्य च्याउ ७०, डल्ले च्याउ २५०, राजा च्याउ २९०, ब्रोकाउली २०, बन्दा रातो ५०, जिरीको साग ६०, ग्याठ कोबी ८०, सेलरी ३००, पार्सले ७०० र भेडे खुर्सानी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी स्याउ (झोले) २४०, स्याउ(फूजी) २६०, केरा (दर्जन)१५०, कागती १५०, अनार ३५०, अंगुर(हरियो) २००, अंगुर(कालो) ३५०, सुन्तला(नेपाली) ११०, सुन्तला(भारतीय) ९०, काक्रो(लोकल) ११०, काक्रो(हाइब्रीड) ६०, निबुवा ४० , नासपाती(चाइनिज)  २३० र मेवा(नेपाली) ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ८ : १३ बजे