Logo

मुख्य समाचार

 विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन सर्‍याे



काठमाडौँ । संघीय संसदका विपक्षी दलहरूले आज(विहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ ।

बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि(शुक्रबार) दिउसो ३ बजेका लागि सारिएको  हो ।

हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्सीय कार्यदल बनाएको छ ।

पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ११ : २७ बजे