Logo

Breaking News 1

माओवादीको पदाधिकारी बैठक : कार्य विभाजनको मोडालिटी कस्तो र कसरी गर्ने भन्ने विषयमा छलफल




काठमाडौं । बुधबार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संगठनात्मक सवालको बारेका छलफल भएको छ । बैठकमा मुख्यतया कार्यविभाजनको मोडालिटी कस्तो हुने विषयमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘पदाधिकारी बैठकमा मुख्यत कार्य विभाजनको बारेमा छलफल भयो । आज कार्य विभाजनको मोडालिटी कस्तो हुने र कसरी गर्ने भन्ने विषयमा नै बैठक केन्द्रित भएको थियो ।

सबै केन्द्रिय कार्यालयका कमरेडहरुले आफ्ना सुझावहरु राख्नुभयो । बैठक जिवन्त भयो । अब एउटा अर्को बैठक बसेर सबैका सुझावहरुसहित कार्यदलले बनाएको प्रतिवेदनलाई ध्यानमा राखेर अध्यक्षले फाइनल प्रस्ताव पेस गर्नुहुनेछ र पारित हुनेछ ।’

साथै उनले बैठक प्रभावकारी भएको बताए । उनले सरकारले चाँडो सदन नबोलाए विशेष अधिवेशनको माग गरिने विषयमा समेत छलफल भएको बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ७ : ४३ बजे