Logo

मुख्य समाचार

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ



काठमाडौं ।  संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका जनजातिहरुको समस्या सबै अहिलेसम्म समाधान नभएको बताएका छन् ।

मंगलबार टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्रान्तिमा बोल्दै  उनले नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको बताएका हुन्।

उनले भने, ‘सम्पूर्ण आदिवासी जनजाति समुदायले यो  बुझ्नुपर्छ की हाम्रो चाँही समस्या अझै पनि समाधान भएको छैन भनेर । तर नेपाल सरकार, नेपाल राज्य र नेपालको  संविधान  सभाले महत्वपूर्ण  निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ । नेपाल बहुधार्मिक मुलुक भएकाले हाम्रो  हरेक चाडमा सार्वजनिक बिदा दिएर यो राज्यले हरेक संस्कृतिका पर्वहरुलाई सम्मान गरेको छ ।’

यसैगरी उनले नेपालका आदिवासीहरुको अधिकार सम्पन्न गराउनका लागि  नेपालमा बोलिने सबै मातृभाषाहरुलाई समान अधिकार दिइएको बताए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ३२ बजे