Logo

मुख्य समाचार

‘लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण’



महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् ।

शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको  खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रुपमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् ।

उनले पछिल्लो समय लागुऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए ।

‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रुपमा देखिएको छ,’ गृहमन्त्री लेखकले भने,‘लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै सुरुवता गरोस् ।’

उनले लागुऔषधले घर घरका बालबालिकाहरु प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रुपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।

त्यसैगरी उनले निजी तथा आवासिय विद्यालयहरुले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भुमिका रहेको बताए । उनले शिक्षाको क्षेत्रमा निजी र आवासिय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ०४ बजे