Logo

Breaking News 1

राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक, पारित भए ६ वटा प्रस्तावहरु



काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ।

बुधबार एक  विशेष कार्यक्रमकाबीच  बिमा कम्पनीले आफ्नो वार्षिक साधारण सभामा दोस्रो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

दोस्रो वार्षिक प्रतिवेदनमा ६ वटा सामान्य प्रस्तावहरु पारित भएका छन् ।

यस्ता छन् ६ वटा सामान्य प्रस्तावहरु

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३÷७४ र आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित भएको छ ।

(२) राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३÷७४ र आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित ।

(३) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३÷७४ र आर्थिक बर्ष २०७४÷७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने ।

(४) महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५÷७६, २०७६÷७७, २०७७÷७८ र २०७८÷७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने ।

(५) सञ्चालकहरूको आर्थिक वर्ष २०७३÷२०७४ र २०७४÷७५ को बैठक भत्ता एवं सुविधाहरू अनुमोदन ।

(६) सञ्चालकहरूको बैठक भत्ता रु. ६,००० तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक रु १२,००० प्रदान गर्न स्वीकृत ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ५२ बजे