Logo

कर्पोरेट

मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिकोत्सव अवसरमा डिजिटल भुक्तानी प्रोत्साहन योजनाहरू सार्वजनिक



काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न आकर्षक योजनाहरू सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग र क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न पुरस्कार र लाभ प्राप्त हुने छन्।

पहिलो योजनाअनुसार, बैंकको मोबाइल बैंकिङ्गमा कनेक्ट आइपीएस मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरू मध्येबाट २ जनालाई लक्की ड्र मार्फत मोबाइल फोन प्रदान गरिनेछ। साथै, रु १०० वा सोभन्दा बढीको टपअप र डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की ड्र मार्फत रु १००को टपअप प्राप्त गर्नेछन्। यो योजना २०८१ पौष १९ देखि २०८१ माघ १९ सम्म जारी रहनेछ।

दोस्रो योजनाअनुसार, बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरिएको छ। बैंकको मोबाइल बैंकिङ्ग मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५ सम्म प्राप्त गर्नेछन्। यो योजना पनि २०८१ पौष १९ देखि माघ १९ सम्मका लागि हुनेछ।

तेस्रो योजनामा, क्यूआर मर्चेन्टहरूले कुनै पनि कारोबार क्यूआर मार्फत नगरेका मर्चेन्टहरूलाई लक्षित गरिएको छ। ३ वटा कारोबार र रु २०० सम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गर्ने मर्चेन्टहरू मध्ये ५ जनालाई लक्की ड्र मार्फत पुरस्कार प्रदान गरिनेछ। यसैगरी, भारतीय पर्यटकबाट क्यूआर मार्फत रु २०० सम्मको कारोबार प्राप्त गर्ने मर्चेन्टहरूले पनि लक्की ड्र मार्फत पुरस्कार पाउनेछन्। यो योजना २०८१ पौष १९ देखि पौष २५ सम्म लागू हुनेछ।

यसका अतिरिक्त, मोबाइल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की ड्र मार्फत रु १००० क्यासब्याक र क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरू मध्ये दैनिक २ जनालाई रु ५०० क्यासब्याक दिइनेछ। यो योजना पनि २०८१ पौष १९ देखि पौष २५ सम्मका लागि हुनेछ।

यस अवसरमा, बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहित गर्दै ग्राहकहरूलाई थप सेवा र सुविधाका साथ यस योजनामा सहभागिता जनाउन आमन्त्रित गरेको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १२ : ३१ बजे