Logo

खेलकुद

काठमाडौं गुर्खाजले सार्वजनिक गर्यो जर्सी



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’ले आज प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ । क्लबले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जर्सी सर्बजनिक गरेको हो ।

साथै क्लबले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडर बनाएको छ ।

गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बेसडर बनाएको हो । एम्बेसडर इन्दुसँगै क्लबको मालिक शृंखला खतिवडा र मार्की खेलाडी करण केसीले आजै जर्सी सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ०६ बजे