काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित १६ औं संस्करणको टीआइए अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिकले कठिन जीत दर्ता गरेको छ । आयोजक टिआइएकै कोर्टमा शुक्रबार व्वाइजतर्फ भ्यालीपब्लिकले विल्सनलाई ३१–३० को स्कोरमा पराजित गरेको हो । भ्याली पब्लिकका अशोक विकले सर्वाधिक ८ स्कोर गरेका थिए ।
यसैगरी आज भएको दोस्रो खेलमा सेबले डीबीएलाई २८–२५ ले स्तब्ध बनाएको छ । सेबका रोशन खड्काले सर्वाधिक १५ स्कोर गरेका थिए । व्वाइजतर्फकै अर्को खेलमा ज्ञानोदयले निस्टमाथि फराकिलो अन्तरको जीत दर्ता गरेको थियो । ज्ञानोदयले ५८ स्कोर गर्दा निस्टले २३ स्कोर गरेको थियो । ज्ञानोदयको जीतमा दिपेशले १३ स्कोर गरेका थिए ।
एनआइएमएसले बीएनएलाई ४८–१२ को स्कोरमा पछि पारेको छ । ज्ञानोदयका लागि छिरिङ तामाङले १४ स्कोर गरेका थिए ।
यस्तै, गल्सतर्फ एचपीएम रश्मीले दुर्गा भवानीलाई ९–४ को स्कोरमा पछि पार्दै जित निकाल्न सफल भयो । एचपीएमका लागि खुसी अघिकारीले सर्वाधिक ९ स्कोर गरिन् ।
त्यस्तै, दिक्षालयले एसएमडीलाई दोब्बर अन्तरले पराजित गरेको छ । दिक्षालयले ३० स्कोर गर्दा एसएमडीले १५ स्कोर गरेको थियो । दिक्षालयका लागि दीपशिखा घलेले १२ स्कोर गरिन् ।
यसैगरी ज्ञानोदयमाथि काष्ठमण्डपले १७–१४ को साँघुरो जित निकाल्न सफल भयो । काष्ठमण्डपका लागि रिहान्सी बिकले सर्वाधिक १५ स्कोर गरिन् ।
यसैगरी भक्तपुर निस्टले मिल्सबेरीलाई २०–२ को स्कोरमा पछि पार्न सफल भयो । भक्तपुर निस्टका लागि समिक्षा मोक्तानले सर्वाधिक ६ स्कोर गरिन् । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया