Logo

खेलकुद

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट


२९ कार्तिक २०८१, बिहिबार  

161
Shares

काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् ।

बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए । नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पुजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।

नेपालले १५ औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ६ : ५५ बजे