Logo

Breaking News 1

देशभर पश्चिमी वायुको प्रभाव, चट्याङसहित वर्षाको सम्भावना


२ कार्तिक २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।

बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ४७ बजे