Logo

Breaking News 1

यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन



काठमाडौं । यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको समितिले जनाएको छ ।कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक १ गतेदेखि बडादशैँ समापन हुन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउन सुरु भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ७ : ३३ बजे