Logo

Breaking News 1

नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिँदै



काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् । आइतबार राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो १ः३० बजे सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतलाई शपथ खुवाउन लागिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतलनिवास स्रोतले जनाएको हो । शपथपछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ४५ बजे