काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ । २५ जना अझै बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहेको जनाइएकाे छ ।
प्रतिक्रिया