Logo

Breaking News 1

मौसम बिग्रिएपछि आन्तरिक उडान बन्द



काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण अन्तरिक उडान बन्द भएको छ । खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन् ।
देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक खराब मौसमका कारण जहाज हल्लाउने, डाइभर्ट हुने क्रम नरोकिएपछि प्राधिकरणले मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान र हेलिकोप्टर चार्टर नगराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५३ बजे