Logo

Breaking News 1

दुईवटा संसदीय समितिको बैठक बस्दै


११ आश्विन २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : ०३ बजे