Logo

खेलकुद

ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता



काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो  ।

चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन् ।

तर एसियाली कराँतेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको  हो । एक वर्षअघि हाङचाउमै भएको १९ औं एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १२ : ४७ बजे