Logo

समाचार

मह किसानको समस्या अध्ययन गर्न समिति गठन



काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मह उत्पादक किसानहरुको समस्या  अध्ययन गर्न समिती  गठन गरेका छन् ।

आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिब भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत  सहभागीता हुने गरि ९ सदस्यीय समिति गठन गरेका हुन् । समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र बितरक  दुबै पक्षको हित हुने गरि कार्यदलले सुझाब दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  २ : १८ बजे