Logo

Breaking News 1

यस्ताे छ यस वर्ष बडादसैंको टीकाकाे साइत


४ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैंको साइत सार्वजनिक गरेकाे छ । पञ्चांग निर्णायक समितिले आज एक विज्ञप्ति जारी गर्दै दसैंकाे टीका शुभ साइतबारे जानकारी गराएको हो ।

समितिका अनुसार बडादसैंका दिन टीका लगाउने साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट रहेको छ । त्यस्तै, समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ ।

असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ । साथै टीकाकाे दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : ५४ बजे